Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका १४९ जना इन्स्पेक्टर दीक्षित

काठमाडौं । नेपाल प्रहरीका १४९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)दीक्षित भएका छन् ।

आधारभूत तालिम पुरा गरेर १८ जना महिला र १३१ जना पुरुष दीक्षित भएका हुन् ।

शुक्रबार बिहान काठमाडौंको महाराजगन्जस्थित तालिम केन्द्रमा आयोजित एक कार्यक्रमबीच १८२औं समूहको दीक्षान्त भएको हो।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरे ।

प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमारा परियार प्रथम, सगुन खड्का द्वितीय र आयुष ढुंगानाले तृतीय पुरस्कार प्राप्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा सम्बोधन गर्दै पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका थिए ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास सँगै नयाँ सुरक्षा चुनौती थपिएको बताए ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पास आउट भएर कार्यक्षेत्रमा जान लागेका इन्स्पेक्टरहरुले इमान्दार र व्यवसायीक भएर जिम्मेवारी निर्वाह गर्नेमा आफू विश्वस्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077