Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायतमा राजाभन्दा धनी प्रधानमन्त्री

एजेन्सी । बेलायतमा राजासँग भन्दा प्रधानमन्त्रीसँग धेरै सम्पत्ति रहेको छ ।

बेलायती पत्रिका सन्डे टाइम्समा प्रकाशित धनाढ्यको पछिल्लो सूचीले यस्तो देखाएको हो ।

रिपोर्टका अनुसार प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको सम्पत्ति गएको एक वर्षमा १२ करोड पाउण्डले बढेर कुल ६५ करोड १० लाख पाउण्डमा पुगेको छ ।

यस अवधिमा राजा चार्ल्सको कुल सम्पत्ति ६० करोड पाउण्डबाट बढेर ६१ करोड पाउण्ड पुगेको छ । बेलायतमा अरबपतिहरूको संख्या घट्दै गइरहेको छ ।

सन् २०२२ मा १७७ रहेको अर्बपतिहरूको संख्या घटेर १६५ मा आएको छ । सूचीमा भारतीय मूलका बेलायती व्यापारी गोपी हिन्दुजा र उनको परिवार ३७ अर्ब २० करोड पाउण्डको कुल सम्पत्तिका साथ सूचीको शीर्ष स्थानमा छन् ।

सम्पत्तिको यो आकार अर्बपतिहरुको सूचि प्रकाशित गर्न थालेयताकै उच्च हो । दोस्रो स्थानमा सर लियोनार्ड ब्लावटनिक छन् ।

उनको नेटवर्थ २९ अर्ब २० करोड पाउन्ड छ । तेस्रो स्थानमा २४ अर्ब ९० करोड पाउन्ड नेटवर्थ सहित डेभिड र साइमेर रुबेन र परिवार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077