Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीका पाँच वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूहतर्फका पाँच प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा गरेको हो ।

प्राविधिक प्रहरी समूह, हातहतियार उपसमूहतर्फ र स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फका उनीहरुलाई प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077