Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संकटमा प्रचण्ड सरकार, नेताहरूबीच विकल्पमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने गृहकार्य सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारको विकल्पमा छलफल थालेको हो सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग मिलेर कांग्रेसले प्रचण्ड नेतृत्वको सरकार ढाल्न खोजेको हो ।

गत २१ फागुनमा प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएका थिए । त्यसअघि एमालेसँग मिलेर प्रधानमन्त्री बनेका ३२ सिटे माओवादी अध्यक्ष प्रचण्ड एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग मिल्न पुगेका थिए ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले गठबन्धन हेराफेरी गर्न थालेपछि राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउनुपर्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।

कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने गृहकार्य थाले पनि कुनै ठोस निष्कर्ष आउन भने सकेको छैन । स्रोतका अनुसार कांग्रेस र एमाले नेताहरूबीच प्रचण्ड नेतृत्वको सरकारको विकल्पमा छलफल भएको छ ।

कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवालीबीच यस विषयमा केही दिनअघि छलफल भएको बताइएको छ । छलफललाई निरन्तरता दिनेमा दुवै दलका नेताहरू सहमत भएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077