Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१६ प्रहरी सम्पर्कविहीन, हेडक्वाटरलले जारी गर्‍यो ७ दिने सूचना

काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत १६ जना सम्पर्कविहीन भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि प्रहरी हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर भएको हुन् ।

बिना जानकारी सम्पर्कविहीन भएपछि उनीहरुलाई प्रहरी प्रधान कार्यालयले ७ दिने सूचना जारी गरेको छ ।

प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकाले ७ दिने सूचना निकालिएको कार्यालयले भनेको छ ।

तोकिएको मितिमा चित्तबुझ्दो जवाफसहित कार्यालयमा हाजिर हुन नआएमा सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077