Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी सरकारबाट जसपाका मन्त्री अहिरले दिए राजीनामा

बुटवल । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ ।

जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले राजीनामा राजीनामा बुझाएका हुन् ।

जसपालाई मुख्यमन्त्रीले २ जना मन्त्रालय दिने लिखित सहमति उल्लंघन गरेकाले सरकारबाट फिर्ता हुने निर्णय गरेको जसपाले जनाएको छ ।

सरकारबाट मन्त्री फिर्ता भए पनि समर्थन भने कायमै रहने जसपाले जनाएको छ।

माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए ।

६ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077