Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनले गरेको ड्रोन आक्रमणमा ६ रुसी विमान ध्वस्त, २० सैनिकको मृत्यु

एजेन्सी । युक्रेनले दक्षिणी रुसमा ड्रोन आक्रमण गरी एयरबेसमा पार्किङमा राखिएका ६ रुसी विमान ध्वस्त पारेको छ ।

युक्रेनी रक्षा स्रोतहरूले रोस्तोभ क्षेत्रमा आक्रमणमा अन्य आठ विमानहरूमा नराम्ररी क्षतिग्रस्त पुगेको दाबी गरेका हुन् ।

यस आक्रमणमा २० सैनिकको मृत्यु भएको अनुमान गरिएको छ ।

युक्रेनको युद्धमा प्रयोग भएका सुखोई–२७ र सुखोई–३४ विमान मोरोजोभस्क एयरबेसमा राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077