Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • खानेपानी मर्मतमा ५ लाख भ्रष्टाचार, चंखेलीका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा

    खानेपानी मर्मतमा ५ लाख भ्रष्टाचार, चंखेलीका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 411
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले खानेपानी मर्मत योजनामा आर्थिक अनियमितता गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसमेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका हुन्।



    गाउँपालिकाका इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर र सब-इन्जिनियर हर्कधन बुढासहित उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष बिरकुल्ली बुढाविरुद्ध मुद्दा दायर भएको हो ।



    आर्थिक वर्ष २०७४/०७५ मा खानेपानी मर्मत योजनाको फिल्डमा काम नै नभए पनि काम सम्पन्न भएको भन्दै ५ लाख १५ हजार १०८ रुपैयाँ बढी भुक्तानी दिई भ्रष्टाचार गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

    उनीहरूले नापी किताब बमोजिम काम नभए पनि काम भएको भनी प्रतिवेदन बनाउने र उपभोक्तासम्बन्धी झुट्टा बिल भरपाई तयार गर्ने, चेक गर्ने र टिप्पणीमा सही गर्ने कार्य गरेको अख्तियारको ठहर छ ।

    चंखेली गाउँपालिका-३ का तत्कालीन वडाध्यक्ष सालीग्राम ऐडीले निर्माण कार्य सम्पन्न भई प्राविधिक अनुगमन मूल्यांकन भइसकेको भन्ने समेत व्यहोरा उल्लेख गरी भुक्तानीको लागि सिफारिस गरेको देखिँदा उनीविरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार