Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले एमालेसँग सहकार्य गर्न लागेको भन्ने हल्लामात्रै हो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेस सरकार बनाउने खेलमा लाग्न नहुने बताएका छन्।

काठमाडौंको सुकेधारामा आइतबार भएको शिक्षक संघ बागमती प्रदेशको अधिवेशनमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले कांग्रेस रचनात्मक प्रतिपक्षीको भूमिका खेल्दै जनताका कुरा खरो ढंगले उठाउने पनि बताए।

नेता पौडेलले भने,‘कांग्रेस भ्यागुताको धार्नी पुर्‍याउन लाग्न हुन्न, कांग्रेसले रचनात्मक भएर प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्दछ, देश र जनताको पक्षमा खरो रुपमा प्रस्तुत हुनुपर्दछ।'

उनले कांग्रेसले एमालेसँग सहकार्य गर्न लागेको हल्ला चलेको पनि बताए।

सुशासन कायम गरे मात्रै जनताको विश्वास जित्न सकिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077