Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डले राजनीतिक अराजकता मच्चाए : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अराजकता बढाएको आरोप लगाएका छन् ।

अध्यक्ष केसीले प्रतिगमतनको खतरा अहिले पनि खतरा हुँदा पनि प्रचण्डले सत्ता र शक्तिको लागि एमालेसँग काँध मिलाएको आरोप लगाएका हुन्।

अध्यक्ष केसीले भने, 'प्रचण्डले सत्ता समीकरण फेर्नु राजनीतिक अराजकता हो । प्रतिगमनको खतरा त अहिले पनि छ नि । ओलीकै कारणले राप्रपाले अहिले १४ सीट ल्याएको हो नि। ०७४ सालमा त एउटा मात्रै सीट थियो। अहिले पनि प्रतिगमन हावी हुँदैछ ।'

अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठिरहेको बताउँदै अहिले पनि गठबन्धनको आवश्यकता भएको जिकिर गरे ।

उनले प्रचण्डले सत्ता समीकरण फेरेपछि समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077