Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारमा सहभागीताबारे जसपा अनिर्णित

काठमाडौं । नयाँ गठबन्धनको सरकारमा जाने विषयमा टुंगो लगाउन बुधबार बसेको जनता समाजवादी पार्टी (जसपा)को बैठक निष्कर्षविहीन बनेको छ।

सोमबारदेखि लगातार बसिरहेको कार्यकारिणीको तेस्रो बैठक मन्त्री छनोट नगरी सकिएको हो ।

गठबन्धनमा सहभागी हुने निर्णय गर्दा भागबण्डाको विषय पनि टुंग्याउन सुझाव दिएको, तर अध्यक्ष उपेन्द्र यादवले सहभागी हुने मात्रै निर्णय गरेको भनेर बैठकमा नेताहरूले असन्तुष्टि जनाएका थिए ।

मंगलबार बसेको बैठकमा पनि अहिलेकै अवस्थामा सरकारमा जान हतार हुने र मधेश प्रदेश सरकार आफ्नो हातबाट गुम्ने भन्दै नेताहरूले गठबन्धनको सुनिश्चितता हुन दिनुपर्ने राय अध्यक्ष यादवलाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077