Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उपनिर्वाचनको कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

शुक्रबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आगामी चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता हुने जानकारी गराएका हुन्।

आयोगका अनुसार, चैत्र २४ गते बिहान १० देखि बेलुकी ५ बजेसम्म मनोनयन हुने र सोही दिन बेलुकी ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। त्यस्तै, चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम तय भएको छ।

उक्त उजुरीमाथि जाँचबुझ गरी सोही दिन बेलुकी ५ देखि ६ बजेसम्मा उम्मेदवारको नमावली प्रकाशन गरिने कार्यक्रम छ। त्यस्तै, उम्मेदवारको नाम फिर्ता लिनका लागि चैत्र २७ गते बिहान ९ बजेदेखि १ बजेसम्मको समय छुट्याइएको छ।

सोही दिन दिउँसो १ देखि ३ बजेसम्मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने प्रवक्ता पौडेलले बताए। वैशाख १५ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यक्रममा उल्लेख छ।

प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ-१ को प्रदेशसभा-१ मा उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077