Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चारवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । आज संघीय संसद्अन्तर्गतका चारवटा संसदीय समितिको बैठक बस्दै छन् । सिंहदरबारमा ती समितिहरूको बैठक बस्न लागेको हो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजेबाट जारी छ । बैठकमा फालामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कबारे छलफल भइरहेको बताइएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ ।

बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान र राजस्व अनुसन्धान विभागको काम–कारवाहीबारे छलफल हुनेछ।

बिहान साढे ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दैछ। बैठकमा निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडकका सम्बन्धमा छलफल हुनेछ

यसैगरी दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। जहाँ नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077