Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहसचिवको सरुवामा सधैं लफडैलफडा

काठमाडौं । सरकारले सहसचिवको सरुवा गर्दा प्रायः सधै विवादित हुने गरेको छ । सरुवामा सधैं लफडा हुने गरेको र यसपटक पनि त्यस्तै लफडा र विवादका कारण ४० सहसचिवको सरुवा प्रक्रिया अवरुद्ध हुन पुगेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ६ फागुनको मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने गरी ४ फागुनमा ४० जना सहसचिवको सरुवा प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो ।

तर विभिन्न स्वार्थ समूहको रुचि, मन्त्री तथा उच्च पदस्थको हस्तक्षेपका कारण सरुवा प्रक्रिया नै अवरुद्ध हुन पुगेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले सरुवामा आवश्यक संशोधन गर्नुपर्ने भएकाले निर्णय हुन केही समय लागेको बताए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएको सूचीमा फेरि संशोधन गर्नुपर्ने भन्दै सो सूची मन्त्रालयमा नै फिर्ता पठाइएको ती अधिकारीले जानकारी दिए। सरुवा निर्णय नहुँदासम्म दिनहुँ थपघट गर्ने क्रम जारी रहने स्रोतको दाबी छ।

‘४० जना सहसचिवको सरुवा प्रस्ताव गरिएको हो, निर्णय हुने बेला ५० पुग्न पनि सक्छ र ३० मा झर्न पनि सक्छ’, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उपसचिवले भने । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077