Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपनिर्वाचनको मिति तोक्न आज आयोगको बैठक बस्दै

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन वैशाख दोस्रो साता गर्ने तयारी थालेको छ ।

निर्वाचनको मिति तय गर्न आयोग पदाधिकारीको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभाअन्तर्गत इलाम-२ र सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ-१ मा उपनिर्वाचन उन लागेको हो ।

वैशाखको १५ देखि २० गतेभित्र चुनाव गर्ने तयारी छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मिति आयोगले नै तोक्ने व्यवस्था छ ।

त्यसैले आयोगले दोस्रो साता तय गर्न लागेको हो । इलाम-२ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ-१ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077