Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेखर कोइरालाले गरे सुदूरपश्चिमका जिल्ला सभापतिसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महासमिति बैठकअघि सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग आवश्यक छलफल गरेका छन् ।

उनले आज बिहान सुदूरपश्चिमका जिल्ला सभापतिहरूसँग उनले छलफल गरेका हुन् । छलफलमा समसामयिक राजनीतिक विषय, महासमिति बैठकलगायत विषयमा छलफल भएको जनाइएको छ ।

महासमिति बैठक सोमबार दिउँसो १ बजेबाट ललितपुरको गोदाबरीमा सुरू हुँदैछ । बैठक सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।

छलफलमा जिल्ला सभापतिहरू पुष्प शाह, पदम बोगटी,चतुरबहादुर चन्द,भिम साउद, रामसिंह रावल, खड्ग बोहोरा, नरेन्द्रसिंह थापा र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077