Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी- २० खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी-२० प्रतियोगिता खेल्ने भएका छन् ।

अलराउन्डर ऐरीले युएईको फ्रेञ्चाइज लिग गल्फ जायन्टको तर्फबाट आइएल टी-२० खेल्ने भएका हुन्।

उनी गल्फ जायन्टसबाट आइएल टि-२० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

यसअघि उनले क्यानडाको ग्लोबल टी-२० पनि खेलेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल र क्यानडाबीचको सिरिजका लागि उनलाई आराम दिइएको थियो। ‍

युएईको ६ टिमबीच खेल भइरहेको छ। गल्फ जायन्ट ८ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा छ। उसले समूह चरणका दुई खेल खेल्न बाँकी छ। ‍

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077