Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेखर कोइरालालाई कार्यकर्ताले भने - अब माओवादी बोकेर हिंड्न सकिँदैन

झापा । समुदायमा कांग्रेस अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता शेखर कोइरालासामु कार्यकर्ताहरूले माओवादीलाई बोकेर हिंड्न नसकिँने बताएका छन् ।

दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने कार्यकर्ताहरूले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको भन्दै अब आफुहरु माओवादीलाई बोकेर हिंड्न नसक्ने चेतावनी दिएका हुन् ।

'हाम्रै साथी मार्नेसँग कसरी सँगै हिंड्ने? कांग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने?,' सहभागीले कार्यकर्ताले आक्रोश पोखेका थिए।

सहभागीहरुले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त नभएको, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले पार्टीको घोषणापत्र अनुसार काम नगरेको जस्ता गुनासाहरु राखेका थिए ।

भ्रष्टाचारी, माफियासँग टाढै बस्न समेत उनिहरुले नेताहरुलाई सुझाव दिए । जवाफ दिने क्रममा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सवालमा पार्टी भित्र छलफल हुने र अबका कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077