काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मौन अवधिमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।
अवधिमा कुनै पनि किसिमको प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन । तर आसन्न राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गरी विराटनगरस्थित कोइराला निवासमा उनले चियापान कार्यक्रम आयोजना गरेका हुन् ।
कोइरालाले गठबन्धनमा रहेका कोशी प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई चियापानमा बोलाएका छन् ।
चियापानमा सहभागी हुन नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित मिनेन्द्र रिजाल र खेलकुदमन्त्री डिगबहादुर लिम्बू विराटनगर पुगिसकेका छन् ।