काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलगायत तीनवटा संसदीय समितिको बैठक आज बस्दै छ ।
बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगमको जहाजमा देखा परेका समस्याका विषयमा छलफल हुनेछ ।
बिहान साढे ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम कार्यान्वयनको अर्धवार्षिक प्रगति एवं पुँजीगत खर्चका विषयमा छलफल हुनेछ ।
मन्त्रालसँग सम्वन्धित गुनासा र समाधानका लागि भएका प्रयासको विषय पनि छ ।