Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपा केन्द्रीय समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ।

दुई दिनसम्म चलेको राजनीतिक समितिको बैठक हिजो सम्पन्न भएपछि आजदेखि केन्द्रीय समितिको बैठक सुरु भएको हो ।

बैठकमा सरकारमा आफ्नो दलबाट सहभागी मन्त्रीको कामकाजको साथै सरकारको समग्र समीक्षा हुने बताइएको छ ।

जसपा मधेस प्रदेश, लुम्बिनी प्रदेश र सङ्घीय सरकारमा सहभागी भएको छ ।

पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले हिजो सम्पन्न राजनीतिक समितिमा प्रस्तुत भएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनको बारेमा केन्द्रीय समितिमा पनि छलफल हुने बताइएको छ ।

सो प्रतिवेदन राजनीतिक संशोधनसहित पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077