Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ।

कैलालीको मोहन्याल–७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका– १ कुइकाका खकेन्द्र ढकाल र श्रीमती मैसराको मृत्यु भएको हो ।

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट २०० मिटर तल कर्णाली नदीमा खसेको थियो ।

दुवै जनाको शव मोटरबोटको सहायताले निकालिएको छ । मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077