Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हार्वर्ड विश्वविद्यालयकी प्रमुख क्लाउडिनले दिइन् राजीनामा

एजेन्सी । हार्वर्ड विश्वविद्यालयका प्रमुख क्लाउडिन गेले पदबाट राजीनामा दिएकी छन्।

क्लाउडिनमाथि साहित्यिक चोरी र विश्वविद्यालयमा भएका गतिविधिबारे संसदीय समितिमा उनले दिएको जवाफको आलोचना भएपछि गेले राजीनामा दिएकी हुन् ।

विश्वविद्यालयहरुमा यहुदी तथा इसराइलविरोधी गतिविधि भएको विषयमा अमेरिकाको संसदीय समितिले सम्बन्धित विश्वविद्यालयका प्रमुखहरूलाई बोलाएर छलफल गरेको थियो।

समितिका सदस्यहरूले इसराइल-हमास युद्धका विषयमा हुने गतिविधिलाई विश्वविद्यालयको नीति नियमसँग जोडेर गरेको प्रश्नमा हो/होइनमा नदिएपछि उनीहरू विवादमा तानिएका थिए।

विवादकाबीच युनभर्सिटी अफ पेन्सिलभेनियाका प्रमुख लिज मगिलले पनि डिसेम्बर ९ मा राजीनामा दिएकी थिइन्। त्यसको एक महिना नबित्दै हार्वर्डका प्रमुखले पनि पदबाट राजीनामा दिएकी हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077