Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीमा सार्वजनिक चौतारी बनाउँदै सशस्त्र प्रहरी

कैलाली । सशस्त्र प्रहरी बलले कैलालीमा चौतारी निर्माण गर्न थालेको छ । सोमबार जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ७ मा सार्वजनिक चौतारी निर्माणको कार्य शुभारम्भ गरिएको हो ।

नगरपालिकाको आयोजनामा सोमबार एक कार्यक्रमकाबीच सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल र समुदाय बीचको साझेदारीमा सार्वजनिक चौतारी निर्माणको शुभारम्भ गरिएको हो ।

नगरपालिका प्रमुख रामलाल डगौरा थारुको प्रमुख आथित्यतामा चौतारी निर्माणको सुभारम्भ गरिएको बताइएको छ । चौतारीको अस्तित्वमा सङ्कटमा परेका बेला सशस्त्र प्रहरीले संरक्षणको पहल थालेको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने, सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक रामहरी अधिकारी, वडाअध्यक्ष लगायतका व्यक्तिहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077