काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ ।
राप्रपाको आइतबार बसेको पदाधिकारी बैठकले ३०२ औं पृथ्वी जयन्तीमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको हो ।
काठमाडौंमा चियापान कार्यक्रम गर्ने र सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म ऱ्याली गर्ने पदाधिकारी बैठकले निर्णय गरेको छ।
साथै, काठमाडौं, ललितपुर, भक्तपुर बाहेक ७४ जिल्लामा पनि पृथ्वी जयन्ती मनाउने र सोका लागि प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको छ।