Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारत र ओमानले गरे आर्थिक अपराधविरुद्धको सम्झौतामा हस्ताक्षर

एजेन्सी । भारत र ओमानबीच आर्थिक अपराधविरुद्धको सम्झौतामा हस्ताक्षर भएको छ ।

ओमानका सुल्तान हैथम बिन तारिक अलको राजकीय भ्रमणका क्रममा शनिबार भारत र ओमानले संस्कृति, सूचना प्रविधि (आईटी) र वित्तीय अपराधविरुद्ध लड्ने विभिन्न क्षेत्रमा पारस्परिक सहयोगका निम्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।

भारत भ्रमणमा रहेका सुल्तानले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उक्त भेटमा दुई नेताबीच आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।

द्विपक्षीय वार्तापछि दुई नेताबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको छ ।

दुवै पक्षले ओमान–भारत संयुक्त लगानी कोषको ३०० मिलियन अमेरिकी डलरको तेस्रो किस्ताको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077