Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनसेलको सेयर बिक्रीविरुद्ध परेको रिट आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर बिक्री प्रकरणविरुद्ध परेको रिट आज पनि हेर्न नभ्याउनेमा परेको छ ।

यसअघि तीन दिन लगातार हेर्न नभ्याइने सूचीमा परेको सो रिट सुनुवाइका लागि आज न्यायाधीश नहकुल सुवेदीको इजलासमा तोकिएको हो।

आइतबार ,सोमबार र मंगलबार रिटमाथि सुनुवाइका लागि पेशी तोकिए पनि 'हे‍र्न नभ्याइने'सूचीमा राखिएको थियो। आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासमा, सोमबार न्यायाधीश विनोद शर्माको इजलासमा र मंगलबार प्रकाशकुमार ढुंगानको इजलासमा तोकिएको थियो।

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दिएका थिए।

सांसद सिंहले रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरेका छन्।

नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा गरिएको सेयर कारोबारको वैधानिकता उत्प्रेषणको आदेशले बदर गर्न समेत रिटमा माग गरिएको छ।

आजियाटा र स्पेक्ट्रलाइट यूके लिमिटेडबीच कारोबार अपारदर्शी भएको र एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी सेयर खरिदबिक्रीको सम्झौता भएको दाबी रिट निवेदनमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077