Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनसेल सेयर बिक्री प्रकरण : सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा

काठमाडौं। दूरसञ्चार सेवा प्रदायक आजियाटाद्वारा सञ्चालित एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

प्रतिनिधिसभाका स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा एनसेलको सेयर बिक्रीविरुद्ध रिट निवेदन दर्ता गराएका थिए । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने भएको छ ।

सांसद सिंहले नेपालको कानुनी प्रक्रियालाई छलेर राज्यलाई हानि पुग्नेगरी अपारदर्शी तवरमा सेयर खरिदबिक्री भएको दाबी गर्दै रिट निवेदन दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077