Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे काठमाडौंमा बस्न लागेको हो ।

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले संगठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

केन्द्रीय समिति बैठकबाट छलफलपश्चात मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा महत्त्वपूर्ण निर्णय गर्ने महामन्त्री बर्तौलाले जानकारी दिए ।

दुई दिनसम्म चल्ने बैठक भोलि काठमाडौं उपत्यका भेलामार्फत निर्णयहरू सार्वजनिक गरेर सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077