Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजाले शासन गर्दा देश कंगाल भएको थियो, प्रजातन्त्र आए पश्चात् देशमा धेरै विकास भयो : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले राजाले शासन गर्दा देश कङ्गाल बनाएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राजाले शासन गर्दा देश कङ्गाल बनाएको भन्दै जनतामा केही भ्रम, केही निराशा र आवेग रहेको बताएका हुन् ।

राजाको पालामा भन्दा प्रजातन्त्र आए पश्चात् देशमा धेरै विकास भएको भन्दै अहिले कतिपय तत्त्वले उल्टो पाठ पढाईरहेको उनको भनाई छ । उनले जनतालाई दास बनाएर शासन गर्ने राजा अहिलेको आवश्यकता नभएको बताए ।

राजाले दिएको यातना, उसले गरेको कुशासन, उसका गतिविधिबाट जनता आजित बनेर सडकमा ओर्लिएको स्मरण गर्दै महामन्त्री थापाले राजा आउने र ल्याउने बाटो अहिलेको आवश्यकता नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077