Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • राष्ट्रपति पौडेलले बहिनीहरुको हातबाट लगाए भाइटीका

    राष्ट्रपति पौडेलले बहिनीहरुको हातबाट लगाए भाइटीका

    अनलाइन नेपाल
  • बुधबार, २९ कार्तिक २०८०
  • 948
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटीका लगाएका छन् ।

    राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएका हुन् ।



    नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।



    भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

    शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा, सोमबार गाई पूजा, मंगलबार गोवर्द्धन पूजारम्ह पूजा गरी तिहार मनाइएको छ ।

    यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार