Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको जहाज सिमकोट मै रोकियो

हुम्ला । सिमकोटबाट नेपालगन्जका लागि उडान भर्ने क्रममा जहाजमा प्राविधिक समस्या आएपछि नेपाल एयरलाइन्सको ट्वीनिटर जहाज सिमकोट विमानस्थल मै रोकिएको छ ।

अचानक जहाजको बायाँ इन्जिनमा खराबी आउँदा जहाज सिमकोट विमानस्थल मै रोकिनु परेको हो । हवाईजहाजमा समस्या देखिएपछि बोर्डिङ पास लिएर हवाई जहाजमा चढिसकेका यात्रुहरुलाई ओरालिएको छ ।

नेपाल एयरलाइन्सको नाइन एन-एबीयू कलसाइनको हवाई जहाज आज बिहान आठ बजे नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो ।

हवाई जहाजमा यात्रुहरु चढिसकेका थिए । तर प्राविधिक समस्या देखिएको भन्दै उनीहरुलाई ओरालिएको छ । हवाई जहाज बनाउन नेपालगन्जबाट प्राविधिक बोलाइएको छ ।

सिमकोट विमानस्थल टावरले उक्त जहाज बनिनसकेको जनाएको छ । हवाईजहाजमा कस्तो खालको समस्या हो भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077