Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजापट्टीको अस्पतालमा हवाई हमला, ५०० जनाको मृत्यु

एजेन्सी । गाजापट्टीको एक अस्पतालमा भएको हवाई हमलामा पाँच सय बढीको मृत्यु भएको आशंका गरिएको छ ।

गाजापट्टीको अल अहली अरब अस्पतालमा गरिएको हवाई हमलापछी अस्पताल भवन भग्नावशेषमा परिणत भएको छ । भग्नावशेषमा सयौं च्यापिएको अनुमान गरिएको छ ।

हमासको स्वास्थ्य मन्त्रालयले इजरायली डिफेन्स फोर्सले आक्रमण गरेको जनाएको छ । इजरायलले भने आफुहरुले अस्पतालमा आक्रमण नगरेको दावी गर्दै प्यालेस्टाइनके अर्को कट्टरपन्थी समुह प्यालेस्टाइनी इस्लामिक जिहादले रकेट प्रहार गरेर अस्पताल ध्वस्त पारेको दावी गरिरहेको छ ।

तर इजरायली दावीलाई प्यालेस्टाईन र अरब देशहरले झुटको संज्ञा दिएका छन् । इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ जारी छ । यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077