Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकको इच्छाकामनामा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु भएको छ ।

इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक नौकिलोमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको हो।

बा प्र ०२०४६ प १६९२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर सडकमा पल्टेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको उमेर अन्दाजी २४ वर्षको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकको साथमा सिन्धुपालचोक ललिशंखुपाखर–६ ठेगना भएको संगिता भण्डारी नामको नागरिकता पनि भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077