Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमासमाथि जमिन, वायु र समुद्रबाट थप आक्रमण गर्ने इजरायलको तयारी

एजेन्सी । इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा जमीन, वायु र समुद्रबाट थप आक्रमण गर्ने तयारी गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजापट्टीका अग्रपंक्तीका सुरक्षाकर्मीहरुलाईआक्रमणको सामना गर्न तयार रहन आग्रह गरेका हुन् ।

साथै उनले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख प्यालेस्टाइनहरुलाई सो भूमी छोड्न अपिल गरे । उत्तरी गाजाबाट पलायन हुने क्रममा रहेका सवरीसाधनमाथि इजरायलले गरेको आक्रमणमा थुप्रै बालबालिका र महिलाहरुका मारिएका छन् ।

हमासले गत साता बन्धक बनाएको इजरायली लगायत बिभिन्न देशका १ सय ५० जनाको अवस्था अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077