Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघीयता मुलुकका लागि घाँडो भइसक्यो, अब खारेज गर्नुपर्छ : कमल थापा

काठमाडौं । राप्रपानेपालका अध्यक्ष कमल थापाले संघीयता अन्तर्गत प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन्।

पार्टीद्वारा शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

संघीयता अन्तर्गत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज गर्नुपर्ने अध्यक्ष थापाको तर्क थियो।

अध्यक्ष थापाले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने? भनी प्रश्नसमेत गरे।

अध्यक्ष थापाले भने, ‘यो बीचको प्रदेश संरचना आवश्यक छैन। यसलाई खारेज गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो प्रदेश संरचना अहिले नेपाललाई घाँडो भएको छ। नेपाली अर्थतन्त्रले धान्न नसक्ने अवस्था छ। कहिलेसम्म विदेशीका ऋण ल्याएर यो प्रदेशको संरचनालाई कायम गर्ने?’

नेपालजस्तो सानो देशका लागि सयभन्दा बढी मन्त्री र ५/७ सयको संख्यामा सांसद आवश्यक नभएकाले त्यसलाई कटौती गर्नुपर्ने उनले प्रस्ताव गरे।

अध्यक्ष थापाले वर्तमान व्यवस्था भ्रष्ट भएको भन्दै त्यसमा सुधारका निम्ति तयार हुन प्रमुख राजनीतिक दलहरुलाई आग्रह समेत गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077