Online Nepal
  • बिहिबार, ७ चैत्र २०८१
  • उद्धारका लागि गएको नेपाल एयरलाइन्सको विमान इजरायलमा अवतरण

    उद्धारका लागि गएको नेपाल एयरलाइन्सको विमान इजरायलमा अवतरण

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 732
    SHARES

    प्रतिकात्मक तस्बिर

    काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीलाई लिन गएको नेपाल एयरलाइन्सको विमान इजरायल पुगेको छ ।

    काठमाडौंबाट बिहीबार बिहान ४ बजे प्रस्थान गरेको विमान दुबई ‘टान्जिट’ बनाएर इजरायलको बेन गुरियन विमानस्थलमा अवतरण गरेको हो ।



    विमान दुई घण्टा उक्त एयरपोर्टमा रहेर आज राति सवा ९ बजेतिर काठमाडौं अवतरण गर्ने बताइएको छ ।

    हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन सरकारले उक्त विमान इजरायल पठाएको हो ।

    परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको विमान उद्धारका लागि इजरायल पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार