Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वदेश फर्किन नेपाली विद्यार्थीहरू इजरायल विमानस्थलमा

काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीहरु स्वदेश फिर्ताका लागि विमानस्थल पुगेका छन्।

स्वदेश फिर्ताका लागि विद्यार्थीहरु तेल–अविव विमानस्थलमा पुगेको हुन् । नेपालबाट चार्डट विमान त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाल एयरलाइन्सको विमानमार्फत ती विद्यार्थीहरूको उद्धार गर्न लागिएको हो ।

प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार गरेको आक्रमणमा परेर इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल प्रस्थान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077