Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलबाट नेपाली विद्यार्थीको प्रश्न - हामी नेपाल पनि फर्किन्छम् कि, आशमा यतै विलिन हुन्छौं ?

काठमाडौं । इजरायलमा रहेका नेपालीहरुले आफूहरुलाई छिटो उद्धार गरी नेपाल फर्काइदिन नेपाल सरकारसँग माग गरेका छन्।

मंगलबार साँझ सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै इजरायलमा रहेका नेपालीहरुले सरकारसँग छिटो उद्धारको लागि आग्रह गरेका हुन्।

साथै उनीहरुले सरकारलाई ‘हामी नेपाल पनि फर्किन्छम् कि, आशमा यतै विलिन हुन्छौं ?’ भन्दै प्रश्नसमेत गरेका छन् । सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल गएका ४९ विद्यार्थीहरूमध्ये ३२ जनालाई रेस्क्यू गरिएको सरकारले बताएको छ।

तर, रेस्क्यू भएको ठाउँमा अहिले पनि आफूहरूले सुरक्षित महसुस नगरेको बताउँदै उनीहरूले प्रश्न गरेका छन्– ‘हामीलाई पनि १० जना साथीहरूजस्तै विलिन भएको देख्न चाहनुहुन्छ ?’

हमास समूहको आक्रमणमा परी सोही समूहका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूको शव पनि सरकारले अहिलेसम्म ल्याउन सकेको छैन। रेस्क्यू भएर आएका थाइल्यान्ड र कम्बोडियाका विद्यार्थीहरूको उद्धार भइसकेको भएपनि आफूहरू विचल्लिमा परेको उनीहरूको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077