Online Nepal
  • बिहिबार, ७ चैत्र २०८१
  • इजरायलमा मारिएका साहका परिवारलाई पाँच लाख दिने मधेस सरकारको घोषणा

    इजरायलमा मारिएका साहका परिवारलाई पाँच लाख दिने मधेस सरकारको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 906
    SHARES

    जनकपुरधाम । मधेस प्रदेश सरकारले इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई पाँच लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने भएको छ ।

    मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ एक शोक वक्तव्यमार्फत मृतकका परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिए ।



    मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाउन पुगेका १० नेपाली युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको संज्ञा दिए ।

    ‘अनाहकमा ज्यान गुमाउने युवाप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार