Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलमा सम्पर्कविहीन नेपालीको खोजीकार्य जारी

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालिएको छ ।

राजधानी तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुईजनालाई तेल अबिबमा सुरक्षित राखिएको हो ।

दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, अस्पताललगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एकजना नेपालीको खोजीलाई तीव्र गतिमा अघि बढाइएको जनाएको छ।

‘हाल युद्ध भइरहेको इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली सङ्घसंस्थाको सहयोगमा दूतावासले उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077