Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिसा पाएर बुधबार इजरायल जान लागेका २४ कामदार रोकिए

काठमाडौं । इजरायलसँग भएको श्रम सम्झौता बमोजिम स्याहार केन्द्रमा सहायक कामदारका रूपमा छनोट भएर भिसा पाएका २४ नेपाली कामदार रोकिएका छन् ।

इजरायल आक्रमणका कारण उनीहरूको यात्रा रद्द गरिएको हो । भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो ।

तर इजरायलमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणका कारण तनाव सिर्जना भएको छ । जसकारण १० जना नेपाली विद्यार्थीहरूको ज्‍यान समेत गएको छ।

श्रम मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन शाखाले इजरायलको शान्ति सुव्यवस्था सामान्य भएपछि वैदेशिक रोजगारसम्बन्धी थप कारबाही अगाडि बढाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077