Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसियाली खेलकुद : नेपाल जित्यो कबड्डीमा पहिलो पदक

काठमाडौं । १९औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । आज भएको खेलमा भारतले नेपाललाई ६१–१७ ले हराएको हो।

पहिलो हाफमा २९–१० ले पराजित भएको नेपाल दोस्रो हाफमा ३२–७ ले पराजित हुन पुग्यो।

जितसँगै भारत फाइनलमा प्रवेश गरेको छ। नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077