Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टीभित्र प्राइमरी इलेक्शनको व्यवस्था गर्नुपर्छ, कार्यकर्ताबाटै सभापति चुनौं : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कार्यकर्ताबाटै सभापति चुन्ने व्यवस्था राख्नु पर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित १४औं महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कार्यकर्ताले केन्द्रीय सभापति आफैँ चुन्न खोजेको हो भने सोही अनुसारको व्यवस्था गर्नुपर्ने बताए ।

‘नेपाली कांग्रेसका सबै कार्यकर्ताले अब आफ्नो केन्द्रीय सभापति आफैँ चुन्न खोजेका हुन् भने हामीले त्यही अनुसारको व्यवस्था गर्न सक्नुपर्छ,' उनले भने ।

यस्तै उनले कार्यकर्ताले पार्टीको नेतृत्वले प्रत्यक्षमा वा समानुपातिकमा जसलाई टिकट दिन्छ, त्यसलाई सधैँभर थोपर्छ, अन्याय गर्छ भन्ने लाग्ने हो भने पार्टीभित्र प्राइमरी इलेक्शनको व्यवस्था गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077