Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशका मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिने अरुण पक्राउ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-४ का अरुणकुमार झा रहेका छन् । उनी आयुर्वेद चिकित्सक हुन् ।

झाले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए ।

मौखिक उजुरीको आधारमा झालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077