Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपालद्वारा शान्तिपूर्ण विरोध प्रदर्शन

काठमाडौं । राप्रपा नेपालले देशव्यापीरुपमा आज शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ।

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्था मौलाएको तथा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनासहित संघियताको खारेजीको माग राख्दै राप्रपा नेपालले विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनको क्रममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासक र भ्रष्ट व्यवस्थाको पुत्ला दहन समेत गरिएको छ। शान्तिपूर्ण प्रदर्शनमा विभिन्न जिल्लाहरुमा प्रहरी प्रशासनले धरपकड र हस्तक्षेप गरेको भन्दै राप्रपा नेपालले भत्सर्ना गरेको छ।

काठमाडौँमा पार्टीका जिल्ला अध्यक्ष श्याम घिमिरे, सहायक महामन्त्री धनबहादुर थापा, ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव आनन्द रिसाल, केन्द्रीय सदस्य कृष्ण कार्की तथा हेटौँडामा पार्टी जिल्ला सचिव भृगु कार्कीसहित रमेश चौँलागाई, रोम सापकोटा, नवराज अधिकारी, कृष सापकोटा र कृष्चल सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।

शान्तिपूर्ण प्रदर्शनमा पक्राउ गरिएका सबैलाई रिहा गर्न राप्रपा नेपालले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077