Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज तय भएको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । आज बुधबारका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण बैठक स्थगित भएको हो ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८ गते बिहीबार दिउँसो ३ बजे अर्को बैठक तोकेको जानकारी दिए ।

नेम्वाङको मंगलबार राति हृदयघातका कारण निधन भएको थियो । उनको बिहीबार नै अन्तिम संस्कार गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077