Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ कोशीका मुख्यमन्त्री थापालाई पदमुक्त गर्ने सर्वोच्चको आदेश (आदेशसहित)

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले कोशीका संसदीय दलको नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको हो। सर्वोच्चले मुख्यमन्त्री थापाले पाएको विश्वासको मत बदर गरिदिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार सुनुवाइ गर्दै ४८ घण्टाभित्र सबैभन्दा ठूलो पार्टीका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको हो ।

१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।

सोहीविरुद्ध एमाले संसदीय दलका नेता कार्की सर्वोच्च आएका थिए । सोही मुद्दामा न्यायाधीशहरु मल्ल, चुडाल र सुवेदीको पूर्ण इजलासले सभाको अध्यक्षता गरेका व्यक्तिले दिएका मतलाई संविधानसम्मत भन्न नमिल्ने ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077