Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

आज बसेको संसदीय सुनुवाइ विशेष समितिले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने छ ।

यसअघि भाद्र १० गते बसेको न्याय परिषद्को बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

उनलाई यसअघि पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको थियो। तर, संसदीय सुनुवाइ नहुँदा सुनुवाई प्रक्रिया रोकिएको थियो ।

अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर समितिले उनको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077