Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायतमा ट्राफिक नियन्त्रण प्रणाली ठप्प, हजारौँ उडान प्रभावित

एजेन्सी । बेलायतमा एयर ट्राफिक कन्ट्रोलमा प्राविधिक समस्याका कारण धेरै उडानहरू ढिलाइ भएका छन् ।

उडानहरू नभएपछि हजारौँ हवाई यात्रु समस्यामा परेका छन् । यस सम्बन्धमा पूर्व सूचनासमेत जारी गरिएको छ।

समाचार अनुसार इन्जिनियरहरू त्रुटि पत्ता लगाउन र समाधान गर्ने काम गरिरहेका छन् । बेलायतको नेशनल एयर ट्राफिक सर्भिसले कस्तो प्रकारको प्राविधिक गडबडी भएको छ र त्यसलाई सच्याउन कति समय लाग्न सक्छ भन्ने जानकारी दिएको छैन ।

नेसनल एयर ट्राफिक सर्भिसले अवतरण गर्ने विमानको संख्या कटौती गरेर सीमित गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077